आइतबार, मंसिर ९ गते २०८१

तारकेश्वरमा खेल मैदान भासियो(तस्बिरहरू)

तारकेश्वरमा खेल मैदान भासियो(तस्बिरहरू)

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८१
  • तारकेश्वरमा खेल मैदान भासियो(तस्बिरहरू)

    काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको घटना सेलाउन नपाउँदै तारकेश्वर नगरपालिका-५ अर्यालटारमा त्यस्तै शैलीमा फुटबल मैदान भासिन पुगेको छ । स्थानीय खोलालाई पुरेर बनाइएको खेल मैदानको एउटा भाग ठूलो आकारमा भासिएको हो । त्यहाँ खोलालाई पुरेर खेल मैदान निर्माण गरिएको थियो ।

    images

    Tarakeshwor-play-ground-hole-1.jpg

    खोलो पुरेर बनाइएको खेल मैदान निरन्तरको वर्षातपछि भासिन पुगेर ठूलो भ्वाङ परेको छ। भ्वाङ परेको स्थानमा ह्युम पाइपमा खुम्च्याइएको खोलो बगिरहेको अवस्थामा देखिएको छ 

    Tarakeshwor-play-ground-hole-2.jpg

    उपत्यकामा अविरल वर्षाका कारण सडकसहितका संरचना भासिइरहेका छन् । स्थानीय रुद्रेश्वर खोलो पुरेपछि त्यहाँ खेल मैदान बनाइएको थियो। खोलो पुरेर बनाइएको खेल मैदानमा ढलानको तयारी हुँदै गर्दा ठूलो भ्वासङसहित भासिएको स्थानीय प्रसाद अर्यालले जानकारी दिए ।

    Tarakeshwor-play-ground-hole-3.jpgTarakeshwor-play-ground-hole-4.jpgTarakeshwor-play-ground-hole-5.jpgTarakeshwor-play-ground-hole-6.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार