आइतबार, मंसिर ९ गते २०८१

चितवनको धानबालीमा रोगको समस्या

चितवनको धानबालीमा रोगको समस्या

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८१
  • चितवनको धानबालीमा रोगको समस्या

    पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताउनुभयो ।

    images

    उहाँका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उहाँले बताउनुभयो । यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उहाँले बताउनुभयो । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताउनुभयो । उहाँले भन्नुभयो, “एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।”

    भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उहाँका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । उहाँले भन्नुभयो, “पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।” धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ ९हाइब्रिड० लगाइएको स्थानमा भएको चौहानले जानकारी दिनुभयो ।

    जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उहाँले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार