आइतबार, मंसिर ९ गते २०८१

नाडा अटो शो भदौ ११ देखि, १३० स्टल रहने

नाडा अटो शो भदौ ११ देखि, १३० स्टल रहने

अखबार दैनिक
बुधबार, साउन ३० २०८१
  • नाडा अटो शो भदौ ११ देखि, १३० स्टल रहने

    काठमाडौँ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ घोषणा भएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार ललितपुरमा एक समारोहको आयोजना गर्दै अटो शोको औपचारिक रूपमा घोषणा गरेको हो ।

    images

    यस पटकको अटो शो भदौ ११ देखि १६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।

    यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार