काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहारो अंकले वृद्धि भएको छ । आज बजार ३०.५० अंकले बढेर २९५३.९६ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बजारमा १५६ कम्पनीको सेयर मुल्य बढ्दा ७९ कम्पनीको सेयर मुल्य घटेको छ भने बाकी ८ कम्पनीको मुल्य स्थिर रहेको छ । आज बजारमा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजारको कारोबार भएको छ ।