साउन २९ काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ । कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे ।
मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ९.७, शुभम् पावरको ९.६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७.७ प्रतिशत बढ्यो ।
नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशत घट्यो । सगरमाथा जलविद्युतको ७.१, आत्मनिर्भर लघुवित्तको ६.९, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो ।