आइतबार, मंसिर ९ गते २०८१

मनमोहन सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार, अरुलाई सास्ती

मनमोहन सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार, अरुलाई सास्ती

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • मनमोहन सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार, अरुलाई सास्ती

    मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर सेन्टर (मनमोहन सेन्टर) मा अहिले एउटी करारकी कर्मचारीले कार्यकारी निर्देशक, प्रशासनिक प्रमुखदेखि र नर्सिङ निर्देशकसम्मको निद्रा उडाइ दिएकी छन् । उनको ब्यवहारले सबै कर्मचारी परीसान भएका छन् । कार्यालयमा हाजिर गर्न मात्र उपस्थित हुने, काम अरायो भने उग्र ब्यवहार प्रदर्शन गर्दै कार्यालयको तोडफोडमै उत्रिने स्वभावले सहकर्मीहरु आजित भएका छन् । 

    images

    यस्तो ब्यवहार प्रदर्शन गर्ने नर्स हुन् मोनिका कोइराला । उनका पति अमृत पोखरेलले मनमोहन सेन्टरको फार्मेसीमा गरेको अनियमितताको भेद खुलेपछि सेन्टरभित्रै आत्महत्या गरेका थिए । पतिको आत्महत्या प्रकरणलाई हतियार बनाउँदै उनले मनमोहन सेन्टरमा बबण्डर मच्चाउँदै आएकी हुन् । उनले मनमोहन सेन्टरका तत्कालीन प्रशासन प्रमुख लगायत अन्य तीनजना विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । सरकारवादी मुद्दाको रुपमा २०८०।४।१८ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । सोही घटना पश्चात अमृतकी पत्नी मोनिका कोइरालाको मनोमानी सुरु भयो । आत्महत्या दुरुत्साहन मुद्दामा काठमाडौं जिल्ला अदालतले प्रतिवादीहरु सबैलाई सफाइ दिइसकेको छ । उनले जाहेरी दिएको आत्महत्या दुरुत्साहन मुद्दाको पूर्णपाठको ठहर खण्डमा अदालतले मोनिका कोइरालाका पति अमृत कोइरालाले सेन्टरमा भएको आर्थिक अनियमितताको दोस्रो पटक स्पष्टीकरण सोधनी भएपछि मृत्यु रोजेको र जीवन परित्याग गरेको भनिएको छ । 

    मोनिका कोइरालाले केही अदृश्य शक्तिको आडमा आफ्नो हाकिमलगायत सहकर्मीहरुलाई थर्काउने धम्काउने गरेकी छिन् । पतीले आत्महत्या गरेको एक बर्षसम्म मोनिकालाई अस्पतालले जस्तोसुकै अराजक ब्यवहार देखाए पतिको शोकमा रहेको भनेर छुट दिएको थियो । मोनिका कोइराला १५ दिन  क्रिया विदा पश्चात पनि कार्यालयमा हाजिर भइनन् । लामो समयपछि उनी बिहान आएर विद्युतीय हाजिर गरेर आवासमा फर्किने र बेलुका आएर हाजिर गरेर तलव पकाउने गर्थिन । उनी मलाई न्याय चाहियो, मेरो छोराको सम्पूर्ण पालनपोषण शिक्षा दिक्षा मनमोहन सेन्टरले हेर्नुपर्छ भनेर ढिपी गर्थिन् । उनको ढिपी अहिले पनि जारी छ । त्रिभुवन विश्वविद्यालय मातहतको मनमोहन सेन्टरमा नियम अनुसार कुनै व्यक्ति विशेषलाई कुनै विशेष प्रकारको वा छुट्टै सुविधा दिने प्रावधान छैन ।

    उनले पतिको आत्महत्यापछि विरोध स्वरूप हातमा कालोपाट पट्टी बाँध्ने गरेकी थिइन् । जुन अहिले पनि जारी राखेकी छिन् । हालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेल, प्रशासनिक प्रमुख कृष्णदेव पन्त र नर्सिङ निर्देशक बिन्देश्वरी गुरुङ लगायतले मोनिका कोइरालालाई पति वियोग भएको विषम परिस्थितिमा हामी संयमित हुनुपर्छ भनेर उनलाई सक्दो सहयोग गरिरहनु भएको अवस्थामा निज कोइरालाले उल्टै उहाँहरुलगायत आफू काम गर्ने विभागको नर्सिङ इन्चार्ज समेतलाई सधैं म पनि तिमीहरुको नाममा आरोपलगाएर आत्महत्या गर्दिन्छु । तिमीहरूलाई आत्महत्या दुरुत्साहनमा मुद्दा फसाउँछु । पत्रकार÷मिडिया बोलाएर तिमीहरुलाई तह लगाउँछु भनी अनेक तवरबाट धम्काउने र मानसिक रुपमा तनाव दिने गर्न थालिन् । उनी विभिन्न मिडियामा गई कार्यालय समयमै अन्तर्वार्ता दिँदै मनमोहन सेन्टरबारे अनर्गल प्रचार गर्दै हिँडेकी छन् । मोनिका कोइरालाले आफंै त्रिवि शिक्षक तथा कर्मचारीको नियमअनुसार आचार संहिता पालना नगरी अरुलाई ब्ल्याकमेलिंग गर्ने गर्दै आएकी छन् । एक वर्षदेखि उनी विहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै काम गर्ने गरेकी छन् । त्यसपछि हस्पिटलले उपलब्ध गराएको कर्मचारी क्वाटरमा गएर बेलुका ५ बजेमात्र आएर विद्युतीय हाजिर गर्ने गरेको अवस्था छ । यसरी एक वर्ष अधिकांश समय पूरा ड्युटी नगरी पुरा तलब र ५० प्रतिशत अतिरिक्त भत्तासमेत बुझ्ने गरेकी छिन् । हस्पिटलमा ड्युटी गर्न भनेर भन्दा उनले सोझै सक्दिन, गर्दिन भन्ने गरेकी छिन् ।

    उनी ६ महिने करारमा रहेकी कर्मचारीले त्रिवीको नियम विपरीत गरेको क्रियाकलापलाई अन्देखा गरी मनमोहन सेन्टरका कार्यकारी प्रमुखलगायतले त्रिवि शिक्षक कर्मचारी नियमले निर्देशित गरेबमोजिम स्पष्टीकरण मागेर विभागीय कारबाही गर्नुको सट्टा मौनता साधेका छन् । 

    कार्यकारी निर्देशक प्राध्यापक डा. रत्नमणि गजुरेल केही दिनको वैदेशिक भ्रमणबाट अस्पताल फर्किएलगत्तै यही साउन २३ गते बिहान मोनिकालाई बोलाएर अब त पतिको बार्षिकी पनि सकियो, खटाएको विभागमा पूर्णकालीन रूपमा काम गर्नू भनेर सम्झाउँदा उनले रिसले आगो भएर निर्देशक कार्यालयको दुईवटा टेबल उचालेर भुइमा बजार्दै तहसनहस पारेर सार्वजनिक संस्थाको सम्पत्तिमा क्षति पुर्याएकी छन् । रिसको आवेगमा सार्वजनिक संस्थाको सम्पत्ति त्यसरी हानि नोक्सानी गर्दा समेत त्यहाँ उपस्थित कार्यकारी निर्देशक गजुरेल, प्रशासन प्रमुख पत्न र नर्सिङ निर्देशक गुरुङ चुप लागेर बसेका छन् । त्यतिखेर निज मोनिका कोइरालाले उल्टै फुटेको टेबलको सिसाको टुक्रा लिएर आफ्नो घाँटीतर्फ तेस्र्याउँदै उपस्थित कार्यकारी निर्देशकसमेतका कर्मचारीलाई तिमीहरुले यही खोजेको हैन भनेर धम्क्याएकी थिइन् । यस्तो अनैतिक र गैरकानुनी काम गर्ने एउटा करारको कर्मचारीलाई तत्काल प्रहरी बोलाएर सजाय गर्नुपर्नमो उनलाई कुनै कारबाही गरिएन । उल्टै मोनिकाले मनमोहन सेन्टरमा ५÷७ जना आफन्त बोलाएर कर्मचारीलाई धम्याउन लगाएकी थिइन् ।

    यसरी उदण्ड ब्यवहार गर्ने मोनिका कोइरालालाई भारतमा हुने ६ नर्सिङ लिडरसिप तालिममा सहभागी हुन ब्यवस्थापनले सिफारिस गरेको छ । यसरी संस्थाको कार्यकारी प्रमुखकै अगाडि टेवुल तोडफोड गरेर उदण्डता प्रदर्शन गर्ने कर्मचारीलाई कारबाहीको सट्टा पुरस्कृत गरिएपछि सँगै काम गर्ने सहकर्मीहरु त्रसित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार