आइतबार, मंसिर ९ गते २०८१

दाउन्नेमा भासिएकाे सडक मर्मत गर्न यातायात सञ्चालनमा रोक

दाउन्नेमा भासिएकाे सडक मर्मत गर्न यातायात सञ्चालनमा रोक

अखबार दैनिक
मंगलबार, साउन २९ २०८१
  • दाउन्नेमा भासिएकाे सडक मर्मत गर्न यातायात सञ्चालनमा रोक

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।

    images

    भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

    विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार