तिलोत्तमा नगरपालिकाले १५ जना नगरप्रहरी मागेको छ। नगरपालिकाले खुलातर्फ ८ जना, महिला दुई जना, आदिवासी जनजाती दुई जना, मधेसी दुई जना र दलित एक जना गरी कुल १५ जना नगर प्रहरी जवान माग गरेको हो।
यो पदमा जागिर खान चाहने पुरूषको हकमा उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ। शैक्षिक योग्यता एसइई वा सोसरह उत्तीर्ण गरेको हुनु पर्नेछ। भूतपूर्व सैनिक वा प्रहरीको हकमा उक्त शैक्षिक योग्यता लागु हुने छैन।