काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को आवेदन खुला गरेको छ । आयोगले शनिवार खुलाएको विज्ञापन अनुसार इच्छुक तथा योग्य उम्मेदवारले १३ भदौसम्म नियमित र ३० भदौसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
अध्ययन अनुमतिपत्रको लागि आयोगले १० कात्तिक दिउँसो १ बजेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सम्बन्धित जिल्लाहरुमा हुने लिखित परीक्षा एकै दिन एकै समयमा हुने भएको भन्दै जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो, दरखास्त फारममा सोही प्रदेश छनोट गर्न आयोगले अनुरोध गरेको छ । आयोगले आवेदकको अनलाइन फारम भर्न सहज पहुँचका लागि क्यूआर समेत सूचनामा राखेको छ ।