आइतबार, मंसिर ९ गते २०८१

सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

अखबार दैनिक
आइतबार, साउन २७ २०८१
  • सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

    काठमाडौं । युवाहरुको समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोर्ट सञ्चालनमा आएको छ । शुक्रबार बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरे ।

    images

    होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । “पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु” उनले भने, “अझ तपाईँहरु जस्ता युवाहरु जो यो उद्योगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग र सहकार्य रहने छ ।''

    मन्त्री ठकुरीले युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

    कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समूह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ ओटा कोठासहितको यो होटलमा २०० जना भन्दा बढी क्षमताका हल, बैठक कक्षसहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार