काठमाडौं । बुधबार सेयर बजार उच्च अंकको साथ बढेको छ । आज बजार १०८.३५ अंकले बढेर २७५९.६७ अंकको विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बुधबार नेप्से ४.०८ प्रतिशतले बढेको हो ।
आज तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ । बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्य घटेको छ ।