मंगलबार, असार २५ गते २०८२

जेठ ५ सम्म लकडाउन जारी राख्ने मन्त्रिपरिषदको निर्णय

जेठ ५ सम्म लकडाउन जारी राख्ने मन्त्रिपरिषदको निर्णय

अखबार दैनिक
बुधबार, वैशाख २४ २०७७
  • काठमाडौं, २४ बैशाख । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउन बारे निर्णय लिन बसेको मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे सुरु भएको बैठकले जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। आजको बैठकले लकडाउन पुनः थप गर्ने सम्भावना छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले यस अघिनै लकडाउनलाई निरन्तरता दिने संकेत गरिसकेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको प्रभावका आधारमा बिभिन्न क्षेत्र विभाजन गरी सोहिअनुसार लकडाउन खुकुलो पार्न गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तर जारी राख्ने संकेत गरेका हुन्। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकालेको थियो। सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ