काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्मकै सर्वाधिक दोस्रो कारोबार हो।
१६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको हो। ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।