बजारमा लोकल गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो टनेल र सानो लोकल गरी तीन प्रकारका गोलभेँडा आउँछन्। ठूलो गोलभेँडा भने भारतीय बजारबाट पनि भित्रिने गरेको छ।
समितिको तथ्यांक अनुसार सोमबार सानो लोकल गोलभेँडाको थोक मूल्य प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ छ। त्यस्तै ठूलो गोलभेँडा ६० देखि ७० रूपैयाँ र १८ देखि २८ रूपैयाँ छ।
गत बुधबार सानो लोकल गोलभेँडाको थोक मूल्य प्रतिकिलो ३२ देखि ३६ रूपैयाँ थियो। शुक्रबारदेखि घट्न थालेको हो। शुक्रबार सानो लोकल गोलभेँडाको थोक मूल्य २० रूपैयाँदेखि २५ रूपैयाँ थियो।