शुक्रबार, मंसिर १४ गते २०८१

तत्कालै लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको अनुरोध

तत्कालै लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको अनुरोध

अखबार दैनिक
आइतबार, साउन २० २०८१
  • तत्कालै लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको अनुरोध

    एजेन्सी ।  लेबनानको बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्कालै लेबनान छाड्न अनुरोध गरेका छन् । मध्यपूर्वमा तनाव बढिरहेको समयमा दूतावासले उपलब्ध जुनसुकै टिकटमा लेबनान छाडिहाल्न भनेको छ ।

    images

    बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि इरानले इजरायलसँग कडा प्रतिकार गर्ने कशम खाएको छ । बेरुतमा हेजबुल्लाहका कमान्ड फाउद शुकर मारिएको केही घण्टामै हनियाको हत्या भएको थियो ।

    लेबनानमा रहेको हेजबुल्लाहले यी हत्याको प्रतिकारमा ठुलो भूमिका खेल्न सक्ने र इजरायलले पनि गम्भीरतापूर्वक यसको जवाफी हमला गर्न सक्ने आशङ्का भड्किएको छ । स्थानीय समयअनुसार आइतबार मध्यरातमा हेजबुल्लाहले उत्तरी इजरायलको बेइत हिलेल सहरमा दर्जनौँ रकेट लन्च गरेको थियो ।

    मध्य पूर्वमा हिंसा भड्किरहँदा जोर्डन, क्यानडा लगायत देशहरूले पनि आ–आफ्ना नागरिकलाई लेबनानको भ्रमण नगर्न चेतावनी दिइरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार