काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । बिहीबार बजार ५.२९ अंकले घटेर बजार २७५५.६२ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएकोमा बिहीबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।
बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन।