काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ६४.२६ अंकले बढेर २७६०.९१ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्म नै एकदिनमा भएको सर्वाधिक कारोबार हो। बुधबार ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच भएको छ। १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।