काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.५९ अंकले बढेर २७०८.२४ विन्दुमा पुगेको हो।
यो समयमा ८८ स्क्रिप्सको १६ हजार १०७ कित्ता सेयर १ करोड २३ लाख ५३ हजार ९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ६३ स्टकको मूल्य बढ्दा १२ वटाको घट्यो । बाँकी ९ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।