काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । आज बजार ३५.५५ अंकले बढेर २६९६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।