काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेक्सन आएको छ । आज बजार २०.६३ अंकले घटेर बजार २६६१.०९ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार ७० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ। आज १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।