बिहीबार , मंसिर ६ गते २०८१

मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो सर्किट ब्रेक, ४० मिनेटका लागि बन्द

मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो सर्किट ब्रेक, ४० मिनेटका लागि बन्द

अखबार दैनिक
आइतबार, साउन १३ २०८१
  • मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो सर्किट ब्रेक, ४० मिनेटका लागि बन्द

    काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ । १ घण्टामै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

    images

    गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

    सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ७.३ प्रतिशत बढेको छ । विकास बैंक २.८, फाइनानस १.३, होटल तथा पर्यटन १.७, हाइड्रोपावर २.२, जीवन बीमा २.३, उत्पादन ३.२, माइक्रोफाइनान्स २.२, अन्य ४.६ तथा व्यापार समूह ५.३ प्रतिशत बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ