शुक्रबार, कात्तिक २ गते २०८१

गौशाला २६ को निर्णय : सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउने

गौशाला २६ को निर्णय : सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउने

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • गौशाला २६ को निर्णय : सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर मुद्दालाई थप अगाडि नबढाउन निवेदन दिएकी हुन् । साथै, उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् ।

    images

    केही संस्था तथा व्यक्तिले बलात्कार मुद्दा दर्ता भएदेखि नै आफूलाई मानसिक रूपमा परेको असरको फाइदा उठाएको उनको भनाइ छ । ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरूद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।’ निवेदनमा भनिएको छ ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ