आइतबार, भदौ २३ गते २०८१

सवा १२ बजे मौद्रिक नीति पारित सार्वजनिक गरिँदै

सवा १२ बजे मौद्रिक नीति पारित सार्वजनिक गरिँदै

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • सवा १२ बजे मौद्रिक नीति पारित सार्वजनिक गरिँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक हुने भएको छ ।

    images

    शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भएको छ ।

    ‘मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित हुन्छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबैले बताउँदै आएका र महसुस गरेका समस्या केन्द्रीय बैंकले बेवास्ता गर्न सक्दैन । केन्द्रीय बैंकले आफ्नो क्षेत्राधिकारभित्र रहेर शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउँछ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ