काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ३२.०२ अंकले बढेर २५६८ को विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेमा कारोबार भएको ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।