काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने जनाएको छ । शुक्रबार बस्ने सञ्चालक समितिको बैठकबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको हो ।
‘कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याइने भन्ने उल्लेख भएकाले पनि साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नु पर्ने हुन्छ । यसभन्दा पहिला राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरेको थियो ।
यस पटकको मौद्रिक नीति कस्तो आउला भन्ने सबैले चासोका साथ हेरिरहेका छन् । शेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्।