शनिबार, मंसिर ८ गते २०८१

एकैदिन तोलामा दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

एकैदिन तोलामा दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • एकैदिन तोलामा दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

    नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५५ रूपैयाँ घटेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ