काठमाडौं । बुधबार सेयर बजारमा करेक्सन आएको छ । निरन्तर उकालो लागेको बजार आज २७.३२ अंकले घटेर २५३६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो । आज कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम ३५ महिनायताकै उच्च हो ।