शुक्रबार, कात्तिक २ गते २०८१

फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन

फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन

    कैलाली । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा आज निधन भएको छ ।

    images

    धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्‍याइएका खड्काको उपचारका क्रममा निधन भएको हो । उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

    धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ