काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ७५.३३ अंकले बढेर २५६३ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
३.०२ प्रतिशत बढेर हो । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । आज १४ अर्ब ११ करोडको कारोबार भएको पुग्यो । आज २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो ।