आइतबार, भदौ २३ गते २०८१

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात

    पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । 

    images

    आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ ।  सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । 

    आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

    पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ