आइतबार, भदौ २३ गते २०८१

देशैभर घट्यो कुखुराको मासुको मूल्य

देशैभर घट्यो कुखुराको मासुको मूल्य

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • देशैभर घट्यो कुखुराको मासुको मूल्य

    काठमाडौँ । देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । 

    images

    असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए । अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।

    यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो । हाल दुई सय ५० रुपैयाँ मूल्य रहेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ