आइतबार, भदौ २३ गते २०८१

सोमबार झिनो अंकले बढ्यो सेयर बजार

सोमबार झिनो अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
सोमबार, साउन ७ २०८१
  • सोमबार झिनो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ । आज बजार २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको छ । 

    images

    सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ