शुक्रबार, कात्तिक २ गते २०८१

त्यो माओवादी यो माओवादी

त्यो माओवादी यो माओवादी

शुक्रबार, साउन ४ २०८१
  • त्यो माओवादी यो माओवादी

    दस वर्षे जनयुद्ध गरेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (ओवादी केन्द्र) का केही नेताको यति बेला सम्म आइपुग्दा राम्रैसँग बर्गोत्थान भएको त छ तर पार्टीको जनविश्वास गिरेको छ । २०६३ अघिको माओवादी पार्टी ‘चेन अफकमाण्ड’मा थियो, अनुशासन थियो । अहिले चेन चुँडालिएको छ, कमाण्ड कमाण्डर बिनाको मोर्चा झै बनेको छ । 

    images

    तर अहिले पार्टी उँभो होइन,उँधो गतिमा छ । नेता तथा कार्यकर्ताहरु सहरभोगी, सुखभोगी, जागिरभोगी, गुटगत मानसिकताभोगी, दलाली, चाकरी, चाप्लुसीभोगी, नातावाद कृपावादभोगी, दलालभोगी, कमिसनभोगी, छलछाम, झुटभोगी, हुँदा यो पार्टी हिजो पञ्चायती शासनकालको भन्दा पनि डुङडुङ्ती गनाउने भएको छ । साँच्चै भन्नुपर्दा माओवादी पार्टी माओको सिद्धान्तमा अवझिंगाको टाउको जति पनि बाँकी छैन भन्दापनि हुन्छ । पार्टीको नाम माओवादी राख्दैमा ऊ राम्रो, जनमुखी हुने भए सबै बुद्धि बहादुरहरु बौद्धिक र वीर बहादुरहरु किन निडर हुँदैनन् ? यो त नाम एउटा र काम अर्के जस्तो भएको छ । जनतालाई झुक्याउने र सत्ताको खेलमा अर्काको वैशाखी टेकेर गोल हान्नखोज्ने तर त्यो भद्रगोलमा परिणत हुने देखिँदै गएको छ । 

    माओवादी रुपान्तरण अभियानबारेः
    गतवर्ष माओवादीले जनतासँग पार्टीको निकट सम्बन्ध स्थापनागर्ने, जनतासँगजोडिने भन्दै पार्टीका नेता र कार्यकर्ताहरुमा रुपान्तरण आवश्यकताको महसुशगर्दै चार महिने कार्यक्रम‘माओवादी रुपान्तरण अभियान’ सञ्चालनग¥यो । गते वर्ष प्रज्ञा भवनमा सम्पन्नमाओवादीको केन्द्रीय समिति बैठकले यो कार्यक्रम तय गरेको थियो । सुबिधाभोगी सहर बजारमा बसेर, मिठो मसिनोमाभुलेर, शरीरमाबोसो भरिएका र महंगाजिमहलहरुमा‘एक्सरसाइज’ गरेर बोसो पागल्नथालेका केही थान माओवादी नेताहरु गाउँमापुगे र जनताको काम, दैनिक सुखदुःख, समस्या, पिडा, श्रम आदिकाबारेमापुनःनजिकै पुगेर जानकारी लिने काम गरे । कतिपय‘कामचोर’ नेताहरु तजिल्ला सदरमुकामपुगेर होटलमा बसेर, गफ छाँटेर,जनतासँगै श्रममा जोडिएको बहाना गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा रंग्याउँदै पार्टीका उपल्लो तहका नेताहरुलाई मख्ख पार्न समेत भ्याए । कतिपय पार्टीकाबिचौलियाहरुले उक्त अभियानको प्रचारको जिम्मा लिएर केही उपकरणहरु (महंगाक्यामेरा, ल्यापटप, फेसबुक पेज बुस्टिङ, अनलाइन सञ्चालन, आईसीटी) खरिद गरेको फर्जि बिल पार्टीमा बुझाएर रकम पनि असुल्नभ्याए । अझै तिनैले माओवादी सिद्धान्तको बारेमा, सुशासन काबारेमा, भ्रष्टाचार बिरुद्धका बारे मागफदिँदै हिँडेको र पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयका केही कर्मचारीहरु लाई गुमराहमा (भुलभुलैयामा) पार्ने काम पनि गरे । यसले गर्दा उक्त रुपान्तरण अभियान देखाउँने दाँत मात्र भएको धेरै इमान्दार र स्वाभीमानी कार्यकर्ताहरु आफै चिया–चौतरीमागफ गरेको भेटिन्छ\सुनिन्छ ।उनीहरु अचेल भन्नथालेका छन्, ‘रुपान्तरण अभियानले पार्टी रुपान्तरण होइन, केही नेताको खल्ती रुपान्तरण गर्ने काम चाहिँ राम्रैसँग भएछ ।’ 

    माओवादीको गिर्दौ शाखः 
    गत शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाउन सकेनन् । उनको सरकार ढलेर संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथो पटक यो देशको प्रधानमन्त्री बनेका छन् ।विश्वासको मतका लागि भएको मतविभाजनमा प्रचण्डले ६३ मतमात्रै पाए । ०७९ पुस १० गते प्रचण्ड पहिलोपटक नेकपा(एमाले)सहितको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए। उनले ०७९ पुस २६ गते पहिलोपटक विश्वासको मतलिए का थिए । त्यति बेला उपस्थित २७० सांसद मध्ये प्रचण्डले २६८ मतप्राप्त गरेका थिए ।

    त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरु परिवर्तन गरे । सत्ता सहयात्री दलहरु फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मतलिए । त्यतिबेलाउनले १७२ सांसदको समर्थन पाएकाथिए । त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मतलिए ।त्यतिबेलाप्रधानमन्त्री प्रचण्डले १५७ सांसदले विश्वासको मतको पक्षमामतदान गरेकाथिए ।


    चौथो पटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते विश्वासको मत लिए।त्यति बेला उपस्थित सांसदमध्ये १५८ जना सांसद मत दान प्रक्रियामा सरिक भए। जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७मत परेको थियो । माओवादीका लागि कहिलै बिर्सनै नसक्ने अंक ६३ माओवादीकालागिकहिलै बिर्सनै नसक्ने अंक ६३ रह्यो । शान्तिप्रक्रियामाआउँदा ०६३ मा माओवादी भुइँ मान्छेको सपना थियो, आदर्श थियो । माओवादी सडकको बाघ थियो । यसपटक संसदमा ६३ मतदिएर माओवादीका प्रधानमन्त्रीलाई दहे झापड दिए । केही महिनाअघि १५७ मत ल्याएकालाई ६३ मा नै खुम्च्याइ दिए ।

     वि.सं २०६३ मा माओवादी सँग वहुसंख्यक जनता थिए । सुदृढ पार्टी थियो । त्यतिवेला राष्ट्रिय\अन्तर्राष्ट्रिय रुपमा स्थापितनेताहरु, जसले पुष्पकमल दाहाललाई (प्रचण्ड)बनाउन वैचारिक, राजनीतिक, संगठन र संघर्षबाट विशिष्ट योगदान दिएकाथिए, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापावादल, सीपी गजुरेल सहितका हजारौं नेता तथा कार्यकर्ता एउटै पार्टीमा थिए । सुन काण्ड सहित कुनै घोटालामा माओवादी नेता नमुछिएकाले नैतिकशक्तिथियो । तिनले अपिल गर्दा हजारौं, लाखौं सडकमा उत्रिन्थे । आज ६३ बाट संसदबाट माओवादी लखेटिंदा अपमान र पराजयको, निराशा र उपेक्षाको नम्बर भएको छ । 

    त्यति बेला माओवादी सँग कोही प्रधानमन्त्री भएका ब्यक्ति त थिएनन र मन्त्री पनि थिएनन् । अहिले भूपू प्रम, मन्त्रीको भीड छ तर तिनका अपिलले जनता सडकमा आउँदैनन् । त्यो बलवान ०६३ बाट यो अपमानको ६३ सम्म आउँदा धेरै नेता तथा कार्यकर्ताको वर्गाेत्थान भएको छ तर जनविश्वास गुमेको छ । सबै भन्दा चिन्ताको कुरा भुइँ मान्छेको भरोसा धर्मराएको छ ।
    लेखक : फणीन्द्र फुयाल ज्वाला

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ