काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । आज बजार ५९.६८ अंकले बढेर २४२४ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना यताकै उच्च हो । बिहिबार कुल १४३ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ५ को स्थिर रह्यो ।