आइतबार, भदौ २३ गते २०८१

भ्रष्टाचारीलाई पक्राउ गरेपछि धरमराएको लोकतन्त्र

भ्रष्टाचारीलाई पक्राउ गरेपछि धरमराएको लोकतन्त्र

बिहीबार , साउन ३ २०८१
  • भ्रष्टाचारीलाई पक्राउ गरेपछि धरमराएको लोकतन्त्र

    साउन ३ काठमाडौं । संघीय लोकतन्त्रिक गणतन्त्र यतिबेला धरमराउने स्थितीमा पुगेको छ । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा (एमाले) मिलेरै बहुमत पुगेको र त्यसमा अन्य साना दलहरुसमेत मिसिएर केपी शार्मा ओली नेतृत्वको सरकार गठन भएको छ । यो सरकारको मुल उद्देश्य नै संविधान संशोधन रहेको छ । संविधान संशोधन नै प्रमुख अजेण्डा बनाएर एमाले–कांग्रेसले सहमति गरिसकेका छन् । लोकतन्त्रमा प्रतिपक्ष निकै कमजोर अवस्थामा रहेको बेला संसदमा प्रतिधित्व गर्ने दलहरुले बहुमतका आधारमा संविधान संशोन गरेर बढ्न खोज्नु लोकतन्त्र धरमराउनु हो । संविधानमा उल्लेख गरिएको संघीयता नेकपा (एमाले) रुचाएको विषय होइन । त्यसैगरी धर्मनिरपेक्षता कांग्रेसका अधिकाँश नेताहरुलाई काउछो बनिरहेको छ । उनीहरु संविधानतः नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छन् । यो पनि तोकतन्त्र धरमराउन लागेको संकेत हो ।

    images

    यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस पनि सहभागी थियो । प्रचण्ड नेतृत्वको सरकारले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार र राज्य दोहन गर्ने काण्डका नाइके बेचन झालाई पक्राउ गरेपछि यो सरकार बिघटन भयो । कांग्रेसले माओवादीलाई थापेको काँध झिक्यो । उक्त काण्डमा पक्राउ परेका बेचन झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी एवम् सांसद आरजु राणा देउवाको पोल्टामा पनि उक्त रकम पुगेको कुरा बाहिर ल्याउँछन् र आफु पनि अनुसन्धानको दायरा तानिन्छु भन्ने डरले रातारात केपी ओली निवासमा देउवा दम्पत्ति पुगेर घण्टौँ खुसामद गरेपछि ओलीलाई प्रधानमन्त्री स्वीकार्ने र भुटानी शरणार्थीको फाइल अघि नबढाउने सहमतिमा प्रचण्ड सरकारले बुम्¥याङ खाएको जगजाहेर छ ।


    सुशासन कायम गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने, संविधान र कानुनी राज्यको परिपालना गर्नुपर्नेमा सरकार आफैँ भ्रष्टाचारीको संरक्षणमा लागेपछि र संविधान संशोधन गरेर पश्चगमनको दिशामा जान सुरुवात भएपछि लोकतन्त्र धरमराएकै हो भनेर ठोकुवा गर्न सकिन्छ ।

    ओली नेतृत्वको बर्तमान सरकार जनहितकारी होइन । यसको कुनै अग्रगमकारी कार्यक्रम, निति, योजना छैन । किनभने उनी पटक–पटक जनताले भोगिसकेका र चिनिसकेका पात्र हुन् । केपी ओली तिनै पात्र हुन् जसले यसअघिको संसद नै विघटन गरेका थिए । यद्यपी प्रधानमन्त्रीको उक्त निर्णय सर्वोच्च अदालतले उल्ट्याएर संसद पुनःस्थापना भएको थियो । आफुले भनेबमोजिम नभए व्यवस्था नै उल्ट्याउने, सत्ताको कुर्सीनै भाँचिदिने उनको यसअघिको जुन अहंकारी हर्कत थियो, आशा गरौँ, त्यो यस कार्यकालमा पक्कै दोहोरिने छैन । संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली र समाजवादउन्मुख संविधान पक्कै पनि च्यातिने छैन, बच्ने छ । आशा गरौँ, देश समृद्धिको दिशामा अघि नबढेपनि उँधोगतिमा भने पक्कै पनि लाग्ने छैन ।
    लेखक - फणीन्द्र फुयाल ज्वाला

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ