काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकले बढेको छ । आज बजार ५४.०४ अंकले बढेर २३६४ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो ।
बुधबार २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रहेको छ । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।