काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।