शुक्रबार, मंसिर १४ गते २०८१

प्रधानमन्त्री ओलीले लिए देश र जनताको नाममा शपथ

प्रधानमन्त्री ओलीले लिए देश र जनताको नाममा शपथ

अखबार दैनिक
सोमबार, असार ३२ २०८१
  • प्रधानमन्त्री ओलीले लिए देश र जनताको नाममा शपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएका हुन्। उनले देश र जनताको नाममा शपथ लिएका हुन्। शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्।

    images

    प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका छन्। ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थहरूको उपस्थित छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार