शुक्रबार, मंसिर १४ गते २०८१

बर्षाको समयमा रात्री बस संचालन बन्द गर्न सांसदहरुको माग

बर्षाको समयमा रात्री बस संचालन बन्द गर्न सांसदहरुको माग

अखबार दैनिक
शुक्रबार, असार २९ २०८१
  • बर्षाको समयमा रात्री बस संचालन बन्द गर्न सांसदहरुको माग

    काठमाडौं । संसदमा बर्षाको समयमा रात्री बस संचालन बन्द गर्न सांसदहरुले माग गरेका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरे ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् ।

    images

    उनले नारायणगढ-मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशुली नदीमा खसेको विषय उठाउदै उनले रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् । 

    उनले भने,“भदौ १५ सम्म वर्षा बढी हुन्छ । त्यो बेलासम्म नाइट बस सञ्चालन रोकौं भन्ने प्रस्ताव राख्न चाहन्छु,”। त्यस्तै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि विपद् र वर्षाको समयमा रात्रिकालीन बस सेवा सञ्चालन रोक्नुपर्ने बताए ।

    “नाइट बस नचलाउने सरकारले निर्देशन जारी गरेको भए दुर्घटना हुने थिएन । कम्तिमा वर्षातको दुईरतीन महिना जोखिम भएको बाटोमा नाइट बस नचलाउँ,” उनले भने ।

    सांसदहरुले सरकारले विपद्बात जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार