प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले जोखिम भएका सडकमा बर्खाका बेला रात्रि बस सञ्चालनमा रोक लगाउनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधि सभामा बोल्दै सिंहले जोखिम भएका सडकमा कम्तिमा बर्खाका बेला राति बस चलाउन दिन नहुने बताए।
‘जोखिम भएका सडकमा रात्रि बस चलाउन नपाउने सरकारले निर्देशन जारी गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो भए क्षति हुने थिएन। किनभने पहिरो गएको दिउँसो थाहा पाइने भए पनि अँध्यारोमा थाहा हुँदैन।’ बर्खाका दुई, तीन महिना जोखिम भएका सडकमा रात्रि बस सञ्चालन गर्न दिन नहुने उनले बताए।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    