काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज ८ सयले बढेर प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।