काठमाडौं । बुधबार सेयर बजार २३.२५ अंकले बढेर बन्द भएको छ । आज बजार १.०८ प्रतिशतले बढेर २१७५.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज पाँच अर्ब ७४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।