शुक्रबार, मंसिर १४ गते २०८१

सक्षम टिमलाई मन्त्रिपरिषद्मा पठाउने एमालेको निर्णय

सक्षम टिमलाई मन्त्रिपरिषद्मा पठाउने एमालेको निर्णय

अखबार दैनिक
बुधबार, असार २७ २०८१
  • सक्षम टिमलाई मन्त्रिपरिषद्मा पठाउने एमालेको निर्णय

    नेकपा एमालेले सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले अव बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । 

    images

    असार २८ गते प्रधानमन्त्रीको विश्वासको मत लिने काम पछि सरकार गठनको प्रक्रिया सुरु हुने र त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले एमाले-कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई सङ्ख्याका आधारमा प्रतिनिधित्व गराउने बताए । 

    ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए ।

    बैठकले सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा फर्काइने र नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको छ । जस अनुसार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मा दिने गरि आधारभूत इकाई निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्ने ज्ञवालीले जानकारी दिए । 

    त्यस्तै प्रदेशले कार्यविभाजन गर्दा पालिकालाई आधार र जिल्लाले वडालाई, पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरि मापदण्ड निर्धारण गरिएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार