बुधबार, कात्तिक २१ गते २०८१

ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण

ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण

अखबार दैनिक
बुधबार, असार २७ २०८१
  • ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण

    स्रष्टा ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उनका दुई कृति लामो कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो ।

    images

    प्रा डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा कीर्तिमानी सर्जक डा. डीआर उपाध्याय, महाकाव्याकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा नेपाल साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी र टेकराज भुसाललगायतले कृतिको लोकार्पण गरेका हुन् ।

    स्रष्टा ईश्वरी भुसालको जन्मोत्सवको अवसर पारेर मिलाप पब्लिकेशनले यी कृति सार्वजनिक गरेको हो । सो अवसरमा स्रष्टा भुसाललाई तारकेश्वर कला प्रतिष्ठान ब्राण्ड यू पिक्चर्स, डीआर म्युजिक एण्ड क्रियशन र युथ क्रियशनले सम्मान गरिएको थियो । 

    मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा चूडामणि देवकोटा, राजु सिंह, गीता भट्टराई, उत्तम केसीलगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । 

    कलाकार लय संग्रौलाले स्रष्टा भुसालको गजलसंग्रह ‘कसको आँखा लाग्यो’को समीक्षा गरेका थिए भने महाकाव्यकार खेमनाथ दाहालले लामो कविता ‘अर्पण’का बारेमा टिप्पणी गरेका थिए । 

    उनीहरूले स्रष्टा भुसालले मोफसलमा रहेर साहित्य क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्दै कृति प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । यस्तै, साहित्य पत्रकार संघका अध्यक्ष लेकालीले कृतिका बारेमा आफ्ना धारणा राखेका थिए ।

    सर्जक भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले अहिले चारवटा कृति प्रकाशनमा आएको बताए । अन्य केही पाण्डुलिपी तयार रहेको उनको भनाइ थियो । 

    प्राडा. केसीले मोफसलमा रहेका स्रष्टाहरूले पनि राम्रा कृति प्रकाशन गरिरहेको बताए । स्रष्टा भुसालका यसअघि ‘विरह पुस्पाञ्जलि’ खण्ड काव्य र ‘विरह व्याथा’ कवितासंग्रह प्रकाशित छन् । कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार