सोमबार, मंसिर १० गते २०८१

पहिरोका कारण डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध

पहिरोका कारण डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध

अखबार दैनिक
मंगलबार, असार २६ २०८१
  • पहिरोका कारण डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा डुम्रे बेँसीसहर सडक अवरुद्ध भएको छ। लमजुङका अनुसार बेँसीशहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। 

    images

    लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनी समस्या हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार