शुक्रबार, मंसिर १४ गते २०८१

सुनसरी र मोरङमा भारी वर्षा,सतर्कता अपनाउन विभागको आग्रह

सुनसरी र मोरङमा भारी वर्षा,सतर्कता अपनाउन विभागको आग्रह

अखबार दैनिक
मंगलबार, असार २६ २०८१
  • सुनसरी र मोरङमा भारी वर्षा,सतर्कता अपनाउन विभागको आग्रह

    काठमाडौं । सुनसरी र मोरङमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । 

    images

    विभागका अनुसार  सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ । दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार