काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ४.६२ अंकले घटेको छ । सोमबार बजार ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ बाकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।