शुक्रबार, मंसिर १४ गते २०८१

अल्पमतमा परेको सरकार सत्तामा बस्न मिल्दैन :सांसद गैरे

अल्पमतमा परेको सरकार सत्तामा बस्न मिल्दैन :सांसद गैरे

अखबार दैनिक
सोमबार, असार २५ २०८१
  • अल्पमतमा परेको सरकार सत्तामा बस्न मिल्दैन :सांसद गैरे

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेको सरकार सत्तामा बस्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा  बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने बताएका हुन् । 

    images

    उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

    "देशमा सरकार घोर अल्पमतमा परेको छ । तर बाँसुरी बजाइरहेको छ । सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ । बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गित गाए हुने नि । आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ,’।,‘संविधानमा प्वाल खोज्दै हुनुहुन्छ । सरकारलाई अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोशिस गरिँदैछ’उनले भने ।" 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार