काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुनको मूल्यले हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।
सोमबार भने प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा स्थिर । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।