काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।